काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।
आज साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । सारजाह क्रिकेट मैदानमा मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।
यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई चौंथो जितको खोजीमा हुनेछ । चेन्नई १० खेलमा ६ अंक जोडेर तालिकाको पुछारमा रहेको छ । यसै सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
Comments