काठमाडौं। नेसन्स लिग फुटबलमा इङ्ल्याण्डले डेनमार्कसंग अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार भएको खेलमा डेनमार्कले इङ्ल्याण्डलाई १–० ले हराएको हो ।
इङ्ल्याण्डका ह्यारी मागुईरीले सिजनको खराब सूरुवात गर्ने क्रममा ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको इङ्ल्याण्डका रिस जेम्सले समेत अन्तिम समयमा रातो कार्ड पाएका थिए । इङ्ल्याण्ड ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।
खेलको ३५ औं मिनेटमा क्रिस्टियन इरिक्सनले पेनाल्टीमा गोल गर्दै डकमार्कका लागि विजयी गोल गरेका थिए । इङ्ल्याण्ड ७ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ । डेनमार्क समान अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
सोही समूहको अर्को खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले हरायो । रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डविरुद्ध जित निकाल्न सफल रह्यो ।
खेलको नवौं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । तर १७ औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए । ३८ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए ।
ग्यारेथ साउथगेट रहेको समूहमा बेल्जियम ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ । अंक विहिन आइसल्याण्ड तालिकाको चौथो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार
Comments