काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा आज (आइतवार) पोर्चुगल र फ्रान्स भिड्दै छन् ।
समूह चरणको तेस्रो खेलमा पोर्चुगल र फ्रान्स भिड्न लागेका हुन् । फ्रान्समा हुने सो खेल नेपाली समय अनुसार राति १२स्३० बजे शुरु हुनेछ । फ्रान्सलाई हराएर पोर्चुगल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रने छ ।
अघिल्ला दुई खेलमा २ जित निकालेको पोर्चुगल ६ अंक जोडेर लिग ए को समूह तीनको शीर्ष स्थानमा रहेको छ । त्यस्तै यता फ्रान्स पनि आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । समूहमा ६ अंक जोडेको फ्रान्स गोल अन्तरमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २५ आइतबार
Comments