काठमाडौं । इटालियन क्लब इन्टर मिलानका तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इन्टरले एक विज्ञप्ति निकाल्दै आफ्ना तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
कोरोना देखिने खेलाडीमा मिडफिल्डर रोबर्टो गाग्लियार्दिनी र राड्जा नाइनगोलान रहेका छन् । यस्तै गोलकिपर आन्द्रेइ राडुलाई समेत कोरोना देखिएको इन्टरले जनाएको छ ।
कोरोना देखिएका तीनै खेलाडी सेल्फ आईसोलेसनमा रहेको बताईएको छ । यस्तै तीनै खेलाडीको स्वास्थ्यमा कुनै समस्या नरहेको बताईएको छ ।
शुक्रबार मात्र एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका थिए । ३८ वर्षीय इब्राहिमोविच दुई साताको आइसोलेसनपछि कोरोना मुक्त भएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २४ शनिबार
Comments