काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा मंगलबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदाराबाद भिड्दै छन् ।खेल बेलुकी ७ बजे ४५ मिनेटमा आबुधाबीमा हुने भएको छ । दिल्लीलाई यो सीजनमा ह्याट्रिक गर्ने मौका रहेको छ ।
लगातार दुई जितसहित दिल्ली शीर्ष स्थानमा छ । हैदरावादले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । दिल्ली शीर्ष स्थानको पकडलाई बलियो बनाउन चाहन्छ । गत सिजनमा निकै संघर्ष गरेको दिल्ली यसपटक सुरुआती खेलहरुमा चम्किएको छ । हैदराबाद संघर्षरत छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सले आज आईपीएलमा तेस्रो खेल खेल्दैछ ।
लगातार दुई जितसँगै आत्मबल बढेको दिल्लीको आज हुने सनराइजर्स हैदराबाद विरूद्ध खेलमा सो लयलाई कायमै राख्न चाहन्छ । डेविड वार्नरको अगुवाईमा रहेको सनराइजर्स हैदराबाद जारी आईपीएलमा एकमात्र टोली हो, जसले अहिलेसम्म जित निकाल्न सकेको छैन ।
दिल्लीले यसअघिका दुई खेलमा शानदार प्रदर्शन गर्दे जित हात पारेको छ, जसकारण टोलीको आत्मबल निकै मजबुत देखिन्छ । श्रेयस अय्यरको कप्तानीमा पहिलो खेलमा किंग्स इलेवन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको अगुवाईमा रहेको चेन्नई सुपर किंग्सलाई सहजै पराजित गरेको थियो । दुई जितका साथ दिल्ली अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
सन्दीप लामिछानेको के होला ?
दिल्लीसँग आवद्ध सन्दीप लामिछाने यो खेलमा पनि खेल्ने सम्भावना कम छ । सुरुका दुई खेल खेल्न नपाएका सन्दीपले यो खेल पनि खेल्ने सम्भावना कम भएको हो ।
टिम सेट भइसकेको अवस्थामा अहिले सन्दीपलाई ल्याएर कुनै चुनौती भोग्न प्रशिक्षकले चाहेका छैनन् । तेस्रो पटक आइपीएलमा सहभागी सन्दीपले असअघि पहिलो पटकमा ३ खेल र दोस्रो पटकमा ६ खेलमा सहभागीता जनाएका थिए ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments