काठमाडौं। युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा क्रिकेट मैदानमा कोलकाता र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकाता सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छ । यस्तै, रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
यसअघि पहिलो खेलमा मुम्बई चेन्नेईसँग पाँच विकेटले पराजित भएको थियो ।
प्रकाशित मितिः २०७७ असोज ०७ बुधबार
Comments