काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच प्रतिस्पर्धा हुँदैछ । राति पौने आठ बजेपछि यी दुईबीचको खेल सुरु हुनेछ ।
सन् २०१६ मा उपाधि जितेको सनराइजर्स बेङ्ग्लोरका लागि कडा चुनौतीको रुपमा उपस्थित हुनेछ । यी दुवै टिममा विस्फोटक ब्याट्सम्यान रहेका छन् । बेङ्ग्लोरले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
सनराइजर्स हैदराबाद डेभिड वार्नरको कप्तानीमा र रोयल च्यालेन्जर्स बेङ्ग्लोर विराट कोहलीको कप्तानीमा मैदानमा उत्रँदै छ । यी दुई टिम १४ पटक आमनेसामने हुँदा हैदराबादले सात खेल जितेको छ भने बेङ्ग्लोरले ६ खेल जितेको ६ । एक खेल भने बराबरी भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०५ सोमबार
Comments