काठमाडौं। इटालियन क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणको छनोटमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २-० गोल अन्तरले हराएको हो ।
डब्लिनमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले एक एक गोल गरे । मिलानले खेलको २३ औं मिनेटमा इब्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा कलहानोग्लुले गोल गर्दै मिलानलाई २-० को जित दिलाए । यस्तै इंग्लिस क्लब टोटेनहमले लोकोमोटिभ प्लोभडिभलाई २-१ ले पराजित गरेको छ ।
टोटेनहमको जितमा ह्यारी केन र टान्गी एनडोम्बेलेले एक एक गोल गरे । ९ खेलाडीमा समेटिएको लोकोमोटिभका जिओर्जी मिन्चेभले एक गोल फर्काए । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार
Comments