काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका तीन खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीएसजीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना तीन खेलाडीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो ।
तथापि, उसले खेलाडीको नाम खुलाएको छैन । ‘पीएसजीभित्रका तीन खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरूको स्वास्थ्यअवस्था सामान्य छ,’ पीएसजीले ट्वीटमा भनेको छ ।
पीएसजी अहिले नयाँ सिजनको तयारीमा छ । २३ अगस्टमा च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले १० सेप्टेम्बरबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।
दुई साता अघिदेखि नै लिग वान सुरु भएता पनि पीएसजीले सुरुआत गरेको छैन । डिफेन्डिङ च्याम्पियन पीएसजीले अब लेन्ससँग खेल्दै लिग वानको सुरुआत गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १७ बुधबार
Comments