काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले एस्टन भिल्लालाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले एस्टनलाई २–० ले पराजित गरेको हो ।
लिभरपुलका लागि साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे ।
खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २–० को सहज जित दिलाए ।
जितसँगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल र वेष्ट ह्यामले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रकाशित मितिः २०७७ असार २२ सोमबार
Comments