काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिया रियललाई हराएको छ । आईतबार राति बार्सिलोनाले भिया रियललाई ४–१ ले हराउँदै उपाधिको आशा कायमै राखेको छ ।
पाउ टोरेसको आत्मघाति गोलसंगै बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता बनाएका थियो । जेरार्ड मोरिनोले १३ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।
लुईस स्वारेजले २० औं मिनेटमा पुन बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई ३–१ ले अघि बढाए । खेल सकिन चार मिनेट बाँकी छदाँ अंशु फातीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।
बार्सिलोनाको फरवार्ड लाईनमा देखिएका मेस्सी, स्वारेज र ग्रिजम्यानको प्रर्दशन प्रभावशाली देखिएको थियो । मेस्सीले यस सिजनमात्र १९ गोलका लागि अन्तिम पास उपलब्ध गराएका छन् । उनले सन् २०१०–११ म मात्र यस सफलता हात पारेका थिए ।
मेस्सीको गोललाई रेफ्रीले भारमार्फत अफसाईडको मान्यता दिएका थिए भने अन्तिम समयतिर उनको फ्रिकिक बारमा लागेर फर्किएको थियो । बार्सिलोनाले शीर्ष स्थानको रियलसंगको दुरी चार अंकमा झारेको छ । जितसंगै बार्सिलोनाले उपाधिको झिनो सम्भावना बाँकी राखेको छ ।
भिया रियलले कोरोनापछि सुरु भएको लिगमा पाँचमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो । क्लब ५४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । पछिल्लो हारले च्याम्पियन्स लिगको दौडमा रहेको क्लबलाई घाटा लागेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २२ सोमबार
Comments