काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका प्रशिक्षक फ्र्यांक लाम्पार्डले भिडियो एसिस्टेन्ट रेफ्री भिएआर मा गम्भीर सुधारको खाँचो रहेको बताएका छन् ।
भिएआरमा लगातार त्रुटी देखिँदै आएकाले सिजनको अन्त्यसँगै त्यसमाथि गम्भीर रुपमा विचार गरिनु पर्ने उनले बताएका हुन् । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा शेफिल्ड युनाइटेडसँगको खेलमा टोटनह्यामले गरेको बराबरी गोल भिएआरले रद्द गरेपछि फ्र्यांकको टिप्पणी आएको हो ।
ह्यारी केनले गरेको सो गोललाई रद्द गर्नु पर्ने आफूले कुनै कारण नदेखेको लाम्पार्डले बताएका छन्। भिएआरका नियमहरु खेल, खेलाडी, प्रशिक्षक र रेफ्री मैत्री नभएकाले त्यसबारे गम्भीर विचार गरिनु पर्नेमा उनले जोड दिएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २० शनिबार
Comments