काठमाडौं । वेस्ट इन्डिज क्रिकेटका लिजेण्ड सर एभर्टन विक्सको निधन भएको छ । केट वेस्ट इन्डिजले लिजेण्ड विक्सको ९५ वर्षको उमेरमा निधन भएको जनाएको छ ।
वेस्ट इन्डिजका लागि विक्सले ४८ टेष्टमा ४ हजार ४४५ रन बनाएका थिए । उनी पाँच टेष्ट इनिङ्समा लगातार शतक बनाउने खेलाडी हुन्।
हाम्रो आइकन गुमाउदा हाम्रो हृदय भारी भएको छ । एक महापुरुष, हाम्रो नायक, क्रिकेट वेस्ट इन्डिजले भनेको छ, उहाको परिवार, साथी तथा विश्वका समर्थकलाई हाम्रो समवेदना छ ।ब्याट्सम्यान विक्सले लान्काशायर लिगमा सात सिजन खेल्दै १९ सय ५४ रन बनाएका थिए। एजेन्सी
प्रकाशित मितिः २०७७ असार १८ बिहिबार
Comments