काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले ह्याट्रिक गरे । तुलनात्मक कमजोर टिम सेफिल्डविरुद्ध सातौं मिनेटमा मार्सियलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
४४ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा युनाइटेड २-० ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्सियलले ह्याट्रिक पुरा गर्दै युनाइटेडलाई सहज जित दिलाए ।
यससँगै मार्सियल युनाइटेडका लागि सात वर्षपछि ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । सन् २०१३ को अप्रिलमा रोबिन भान पर्सीले ह्याट्रिक गरेपछि युनाइटेडका खेलाडीले ह्याट्रिक गरेका थिएनन् ।
मार्सियलको यो सिनियर टिमका लागि पहिलो ह्याट्रिक समेत हो । यस्तै मार्सियल युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले सन्यास लिएपछि ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत हुन् ।
सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलमा ४९ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । सेफिल्ड ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै आर्मी खेलमा एभर्टनले नर्विच सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ । यस्तै वुल्भ्सले बर्नेमाउथलाई १-० ले नै हराएको छ । न्युकासल युनाइटेड र एस्टन भिल्लाले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । एजेन्सी
प्रकाशित मितिः२०७७ असार ११ बिहिबार
Comments