काठमाडौं । बहराईनमा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको समूह विभाजन गरिएको छ । एसियन फुटबल फेडेरेसनले बिहीबार १६ टिमलाई चार समूहमा विभाजन गरेको हो ।
समूह ‘ए’आयोजक बहराईन, इरान, उत्तर कोरिया र कतार रहेका छन् । यस्तै ‘बी’ मा ताजकिस्तान, ओमान, युएई र यमन रहदा समूह ‘सी’ मा दक्षिण कोरिया, अष्ट्रेलिया, भारत र उज्वेकिस्तान रहेका छन् ।
समूह ‘डी’ मा जापान, इन्डोनेसिया,साउदी अरेबिया र चीन रहेका छन् । च्याम्पियनसिप आगामी सेप्टेम्बर १६ बाट अक्टोबर ३ सम्म हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ४ बिहिबार
Comments