काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण बीचमै रोकिएको ईङलिस प्रिमियर लिग बुधबारबाट सुरु हुने भएको छ । गत मार्च १० देखि रोकिएको प्रिमियर लिग आजदेखि शुरु हुन लागेको हो । आज पहिलो दिनको पहिलो खेल एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीच हुनेछ ।
खेल रोकिनु अघि लेस्टर सिटीले एस्टन भिल्लालाई ४–० गोलले पराजित गरेको थियो । यस खेलपछि बन्द भएको खेल आजबाछ शुरु हुन लागेको हो । खेल बन्द हुनुअघि लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ०३ बुधबार
Comments