काठमाडौं । स्पेनको विश्वकप विजेता टोलीका कप्तान ईकर कासिलासले स्पेनिस फुटबल महासंघको अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् ।
रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका कासिलासले निर्णयमा पूर्नविचार गर्दै उम्मेदवारी फिर्ता लिने बताएका हुन् । उनले देशको बिग्रदो सामाजिक, आर्थिक र स्वास्थ्यको अवस्थालाई ध्यानमा राखेर आफु चुनावमा नउठ्ने बताएका हुन् ।
कोरोना भाईरसको महामारीका कारण स्पेनमा २७ हजार बढी मानिसले ज्यान गुमाईसकेका छन् । ुयसले चुनावलाई पछाडी लैजानेछ ।ु कासिलासले भनेका छन् ।
कासिलास ब्यवसायीक फुटबल करियरबाट औपचारिक रुपमा बिदा भएका छैनन् । तर उनी सन् २०१९ को अप्रिलबाट वर्तमान क्लब पोर्टोमा देखिएका छैनन् ।
ह्दयघातका कारण उनी गत करिब एक बर्षभन्दा बढी समययता मैदानमा नदेखिएका हुन्। उनी सन् २०१९ को जुलाईदेखि क्लबको प्रशिक्षण स्टाफको रुपमा काम गरिरहेका छन् ।
कासिलासले उम्मेदवारी फिर्ता लिएसंगै लुईस रुबेलिस चार बर्षका लागि अगष्टमा निर्विरोध निर्वाचित हुने सक्ने बताईएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २ मंगलबार
Comments