काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेलले आफ्नो व्यवसायिक खेल जीवनको अन्त्य रियल मड्रिडबाट सम्भावना रहेको उनका एजेण्ट जोनाथन बोर्नेटले बताएका छन् ।बीबीसी रेडियोसँग कुरा गर्दै एजेण्ट जोनाथनले बेलको चाहना रियलमै बस्ने भएको र प्रिमियर लिग फर्कने सम्भावना कम भएको बताएका हुन् ।
उसको जीवनशैली राम्रो छ । मड्रिड भन्दा बाहिर उसको करियर म देख्दिन, जोनाथनले भने, मैले जहिले भन्दै आएको छु । मड्रिडमा उ खुसी छ ।
वेल्सका फरवार्ड बेल सन् २०१३ मा कीर्तिमानी ८५ मिलियनमा टोटनहमबाट रियल आएका थिए । रियलका लागि उनले चार च्याम्पियन्स लिग र एक ला लिगा उपाधि जितेका छन् ।
यस्तै बेलले रियलका लागि ३र३ क्लब विश्वकप र युईएफ सुपर तथा कोपा डेल रे र स्पेनिस सुपर कप एक एक पटक जितेका छन् । तर, प्रशिक्षक जिनेदान जिदानसँगको खटपटको कारण पछिल्लो समय उनी बेन्चमा सिमित हुँदै आइरहेका छन् ।
यस्तै बेल प्रिमियर लिग फर्कने चर्चा चलिरहेको छ । पूर्व क्लब टोटनहम र न्युकासलले बेल अनुबन्धको लागि चासो देखाएको हल्ला चलिरहेको छ । तर, ३० वर्षे बेलका एजेण्ट जोनाथनले भने उनी रियलमै बस्ने बताएका हुन् ।
बेल फिर्ता आएर प्रिमियर लिग खेल्नु अविश्वसनीय हुनेछ, उनले थपे, मलाई लाग्दैन कि उनी त्यो गर्न चाहन्छन । रियलमै खेल्न पाउँदा उनी खुसी छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २३ शुक्रबार
Comments