काठमाडौं । श्रीलंकाका खेलकुद मन्त्री दुलास अलाहापेरुमाले आफ्नो देशका तीन क्रिकेटरमाथि म्याच फिक्सिङको अनुसन्धान चलिरहेको बताएका छन् ।
उनले अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले श्रीलंकाली खेलाडीमाथि आईसीसीको टोलीले अनुसन्धान गरिरहेको बताएका हुन् । ‘हामीलाई निकै दुख छ । खेलमा अनुशासन र चरित्र निकै तल झरिसकेको छ ।’ उनले भनेका छन् ।
तर श्रीलंका क्रिकेट ९एसएलसी०ले वर्तमान टिमका कुनैपनि खेलाडी आईसीसीको अनुसन्धान नपरेको स्पष्ट पारेको छ । उसले भनेको छ, ‘मन्त्रीले जसको बारेमा उल्लेख गर्नुभएको छ, आईसीसीले पूर्व श्रीलंकाली खेलाडीबिरुद्ध अनुसन्धान गरेको छ । यसमा वर्तमान राष्ट्रिय टिमका कुनै खेलाडी परेका छैनन् ।’
खेलकुद मन्त्री अलाहापेरुमाले पछिल्लो हप्ता ड्रग्स सहित पक्राउ परेका बलर शेहान मदुशंकाको बिषय समेत बोलेका छन् । ‘यो निकै दुखद छ । देशले समेत उसबाट निकै आश गरेको थियो ।’ उनले भनेका छन् ।
मदुशंकालाई श्रीलंकाको प्रहरीले पछिल्लो हप्ता हेरोइन राखेको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको छ । श्रीलंका क्रिकेटले उनीसंगको अनुबन्धन सम्झौतालाई निलम्बित गरिदिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २२ बिहिबार
Comments