काठमाडौं । ईन्टर मिलानका फरवार्ड मौरो ईकार्डी स्थायी रुपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा बस्न तयार भएका छन् । पीएसजीमा लोनमा खेलिरहेका ईकार्डी स्थायी रुपमै फ्रान्समा बस्न तयार भएका हुन् ।
ईकार्डीलाई फ्रान्समा राख्ने बिषयमा मिलान र पीएसजी समेत सहमत भएका छन् । ईटालियन फरवार्डलाई पेरिसमा राख्न पीएसजीले मिलान क्लबलाई ५० मिलियन डलर दिनेछ । उनको पीएसजीसंगको सम्झौता मे ३१ म सकिदै थियो । उनी गत सेप्टेम्बरमा लोनमा पीएसजी पुगेका थिए ।
अर्जेन्टिनाका अन्तराष्ट्रिय फरवार्ड ईकार्डी मुख्य प्रशिक्षकमा एन्टोनियो कोन्टे आएपछि क्लबबाट बाहिरिएका थिए । तर फ्रान्समा ईकार्डीले राम्रो प्रभाव जनाउन सफल रहे ।
उनले यस सिजन सबै प्रतियोगितामा ३१ खेलमा २० गोल गर्न सफल रहे । कोरोनाका कारण फ्रान्सेली लिग रद्ध भईसकेको छ । पीएसजीले च्याम्पियन्स लिगमा चुनौती दिन अझै बाँकी छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १७ शनिबार
Comments