काठमाडौं । जर्मन बुन्डेसलिगामा आज आईतबार दुई खेल हुदैछ । अबरुद्ध सिजन पुन सुरु भएको दोस्रो दिन दुई खेल हुन लागेको छ । दर्शक विहिन खाली रंगशालामा हुने खेलमा शीर्ष स्थानको बार्यन म्युनिख र युनियन बर्लिन तथा एफसी कोलोन र मेन्जबीच प्रतिस्पर्धा हुनेछ ।
उपाधि होडमा रहेको बार्यन र रेलिगेशनबाट बच्न संघर्षरत देखिएको मेन्ज दुवैलाई खेल महत्वपुर्ण छ । शीर्ष स्थानको बार्यनको २५ खेलबाट ५५ अंंक छ । शनिबार राति जित निकाल्दै बोरुसिया डर्टमण्ड र बोरुसिया मोन्चेनग्लाडवाचले शीर्ष स्थानको बार्यनमाथि दबाब बढाएका छन् ।
बर्लिनलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दै गर्दा बार्यनलाई तालिकामा अग्रता बढाउने अवसर छ । प्राप्त जितले बार्यनलाई लिग तालिकामा स्पष्ट चार अंकको अग्रता दिलाउनेछ ।
अर्को खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत मेन्जले कोलोनसंग प्रतिस्पर्धा गर्नेछ । रेलिगेशन जोन भन्दा मात्र एक स्थानमाथि रहेको मेन्जलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ ।
मेन्ज २६ अंक सहित तालिकाको १५ औ स्थानमा छ । कोलोन ३२ अंक सहित शीर्ष दसभित्र अटाएको छ । गए राति भएको खेलमा बोरुसिया डर्टमण्डले शानदार सुरुवात गर्यो । शाल्केलाई ४–० ले हराउँदै डर्टमण्डले बुन्डेसलिगामा फराकिलो जित आत्मसाथ गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ४ आइतबार
Comments