काठमाडौँ । ह्यारी मगुएरले मार्कुस रासफोर्ड म्यान्चेष्टर युनाईटेडको कप्तान बन्न सक्ने बताएका छन् । गत जनवरीमा एस्ले योङलाई प्रतिस्थापन गर्दै मगुएरले युनाईटेडको कप्तानी सम्हालेका थिए । उनी ६ महिना अघिमात्र लेस्टर युनाईटेडबाट ओल्डट्राफोर्ड क्लब आएका थिए ।
युनाईटेडका डिफेन्डरलाई भविष्यको ईङ्ल्याण्डको कप्तानको रुपमा समेत हेरिएको छ । तर उनले रासफोर्ड समेत भविष्यमा क्लबको कप्तान बन्न सक्ने बताएका हुन् ।
रासफोर्डको बिषयमा सोधिएको प्रश्नमा मगुएरले भने, ‘मलाई लाग्छ, एक क्लबको रुपमा तपाईसंग कप्तान हुन आवश्यक छ । र उसंग निर्भर हुन आवश्यक छ । तर तपाईलाई आफ्नो समूहमा नेतृत्वको प्रसार गर्न आवश्यक छ ।’
‘मार्कुस समेत छन् । उनी हरेक खेलमा लडेका हुन्छन् । उनी गम्भिर चोटका कारण हराएका छन् । तर उनी मैदान फर्कन कडा मेहनत गरिरहेका छन् । उनी आफै हरेक खेलमा आफुलाई उपलब्ध गराउन चाहन्छन् ।’ मगुएरले भने । कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु हुने अवस्थामा मार्कुस मैदान फर्कने विश्वास युनाईटेडले लिएको छ ।
२२ बर्षिया रासफोर्डले यस सिजन २२ गोल गरेका छन् । उनले देश र क्लबका लागि प्रभावशाली प्रर्दशन गरेका छन् । ‘मैले सधै रासफोर्डको बिषयमा त्यतिमात्र बोलेको छु । जब म उनीसंग ईङ्ल्याण्डमा रहेको थिए ।’ उनले भने ।
‘म उनको बिषयमा धेरै बोल्न सक्दिन । उनी एक असाधारण करियरका लागि अगाडी बढिरहेका छन् । मलाई लाग्छ, उनी अगाडी बढ्न गईरहेका छन् । म उनीप्रति धेरै दबाब हाल्न चाहदैन । उनी युनाईटेडका लागि उद्भुत खेलाडी हुन्, उनी जस्तो अहिले छन् ।’ उनले थपे ।
‘मैदानमा उनले मलाई आश्चार्यमा पारिरहेका हुन्छन् । मैले खेलेका मध्य उनी एक प्रतिभाशाली खेलाडी हुन् । उनी क्लबका लागि एक शानदार खेलाडी बन्नेछन् ।’ मगुएरले भने । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २९ सोमबार
Comments