काठमाडौं । लण्डन क्लब चेल्सी मिडफिल्डर जोर्गिन्होलाई बेच्ने विकल्प सहित छलफल गर्न तयार देखिएको छ । सिरि ए क्लब युभेन्ट्सले निरन्तर जोर्गिन्हो अनुबन्धमा निरन्तर चासो देखाएपछि चेल्सी समेत उनलाई बेच्ने विकल्पमा छलफल गर्न तयार देखिएको हो ।युभेन्ट्सका प्रशिक्षक माउरिजियो सर्रीले तेस्रो पटक जोर्गिन्होमाथि चासो देखाउँदै लण्डन क्लब समक्ष प्रस्ताव पठाएका हुन् ।
जोर्गिन्हो र सर्रीले चेल्सीमा रहँदा एक सिजन संगै काम गरेका थिए । सर्री लण्डन क्लब चेल्सीको प्रशिक्षकको रुपमा आएपछि उनले जोर्गिन्होलाई सिरि ए क्लबबाट पहिलो हस्ताक्षरको रुपमा प्रिमियर लिग क्लबमा ल्याएका थिए ।
सर्रीले सन् २०१८ मा जोर्गिन्होलाई ५७ मिलियन पाउण्डमा नापोलीबाट लण्डन क्लबमा अनुबन्ध गरेका थिए । जोर्गिन्होले पहिलो सिजनमा अनावश्यक आलोचना ब्यहोरेका कारण लण्डन क्लब छाड्ने बिचार गरेको बताएका थिए । उनी पहिलो सिजन प्रिमियर लिग क्लबमा लयमा आउन संघर्षरत देखिएका थिए । उनलाई सर्रीले होल्डिङ मिडफिल्डरको जिम्मेवारी दिएका थिए ।
उनले एक अन्तरवार्तामा आफुमाथि अनावश्यक आलोचना गरिएको भन्दै गुनासो गरेका थिए । उनले भने, पछिल्लो बर्ष, प्रशंसकले ममाथि निकै प्रश्न गरे । किनकी म अर्को प्रशिक्षकसंग आएको थिए । मैले केही यस्ता कुरा सुने, जो साँचो रुपमा अनावश्यक थियो ।
ुतर मैले प्रशंसक र अन्य व्यक्तिका आलोचनालाई कुनै चुनौती दिईन । किनकी मलाई थाहा थियो, त्यो गलत थियो ।ु जोर्गिन्होले थपे । लण्डन क्लब छाड्दै सर्रीले गत सिजन युभेन्ट्सको जिम्मेवारी लिएका थिए । लगत्तै उनी जोर्गिन्होलाई सिरि ए क्लबसंग जोड्न लागि परेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २५ बिहिबार
Comments