काठमाडौं । सिजनको बाँकी खेल सुरुवात गर्ने तयारी गरिएको जर्मनको शीर्ष डिभिजनको लिग अनिश्चित बन्ने देखिएको छ । अभ्यासको क्रममा क्लबका तीन जना स्टाफमा कोरोनाको संक्रमण देखिएपछि बुन्डेशलिगा पुन सुरु हुनेमा आशंका उत्पन्न भएको हो ।
जर्मनको शीर्ष डिभिजनको क्लब कोलोनका तीन जना स्टाफमा अभ्यासको दौरान कोरोनाको संक्रमण देखिएको हो । स्टाफमा सक्रमण देखिएपनि क्लबले खेलाडीको अभ्यास जारी रहने बताएको छ ।
क्लबले गत बिहिबार प्रशिक्षक, अफिसियल तथा स्टाफ सहित सबैको कोरोनाको परिक्षण गरेको थियो । गोपनियतालाई ध्यानमा राखेर तीन जना सदस्यको परिचय खुलाईएको छैन । तर नयाँ घटनाले बुन्डेशलिगाको बाँकी सिजन पुन सुरु हुनेमा आशंका उत्पन्न भएको छ ।
जर्मन लिग मे ९ बाट पुन सूरु गर्ने आन्तरिक योजना रहेको थियो । सुरक्षाको कारण देखाउँदै सो निर्णयलाई मे १६ मा सारिएको छ । पछिल्लो घटनाले आयोजक र खेलाडीमा निराश थपेको छ ।
प्रकाशित मितिः २०७७ बैशाख २० शनिबार
Comments