काठमाडौँ । नेसनल फुटबल लिग एनएफएल खेलाडी भोन मिलर कोरोना भाईरसबाट मुक्त भएका छन् । कोरोनाको संक्रमण देखिएका मिलरले सामाजिक संजालबाट आफु कोरोना मुक्त भएको जनाएका छन् ।
एनएफएल टिम डेनभेर ब्रोनकोसका लाइनब्याकर मिलरले ट्वीटरबाट आफु कोरोनाबाट निको भएको बताएका छन् । मैले नतिजा प्राप्त गरे । कोभिड १९ नेगेटिभ देखिएको छ, उनले लेखेका छन् ।
मिलरलाई गत अप्रिल १६ मा कोरोनाको संक्रमण देखिएको थियो । मिलर कोरोना लाग्ने अमेरिकाका सबैभन्दा स्टार खेलाडी हुन् । कोरोनाको कारण अमेरिकामा ६० हजार बढी मानिसको मृत्यु भईसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख १९ शुक्रबार
Comments