काठमाडौं । स्पेनिस क्लब रियल सोसीडाडले टिमको प्रशिक्षण सुचारु गर्ने योजनालाई रद्द गरेको छ ।
कोरोना भाईरसको कारण स्थगित टिमको प्रशिक्षण मंगलबारबाट सुचारु गर्ने क्लबले तयारी गरेको थियो । तर, क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षणको योजना स्थगित गरेको जनाएको छ । क्लबले खेलाडीले प्रशिक्षणको दौरान सामाजिक दुरी र सरकारको नियमलाई पालना नगर्ने सम्भावना देखिएको जनाएको छ ।
कोरोनाको महामारीको कारण स्पेनमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ । स्पेनमा कोरोनाको कारण १६ हजार बढी मृत्यु हुनुका साथै १ लाख बढीमा संक्रमण देखिएको छ । यस सिजन लिगमा सोसीडाड चौंथो स्थानमा रहेको छ । सोसीडाडले अन्तिम पटक इबरसँग मार्च १० मा खेलेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख १ सोमबार
Comments