एक संक्रमणको उपचारका लागि डालग्लिसलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो । ६९ बर्षका सेल्टिक र स्कटल्याण्डका फरवार्डलाई उपचारको क्रममा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
‘सोचे भन्दा फरक भयो । परिक्षण पोजेटिभ आएको छ । कुनै लक्षण देखिएको थिएन ।’ परिवार श्रोतले भनेको छ ।
डालग्लिसले चार पटक स्टल्याण्डमा सेल्टिकबाट लिग जितेका थिए । उनी सन् १९७७ मा प्रिमियर लिग क्लब लिभरपुल आएका थिए । उनले लिभरपुलमा खेलाडी र प्रशिक्षकको रुपमा ८ लिग च्याम्पियनसिप जित्नुका साथै तीन युरोपियन कप उचालेका थिए ।
उनले ब्ल्याकवर्न रोभर्सबाट सन् १९९५ मा प्रिमियर लिग समेत जितेका थिए ।
‘यो अवसरमा अस्पतालका कर्मचारीलाई धन्यवाद दिन चाहन्छौ । जसको सपर्मण, बहादुरी र बलिदानीमा यस असाधारण समयमा राष्ट्रको ध्यान केन्द्रित हुन आवश्यक छ ।’ परिवारले निकालेको बिज्ञप्तीमा भनिएको छ । ‘उनी चाँडै घर जान तत्पर छन् । हामी स्वास्थ्यमा आएको सुधारका आधारमा थप सुचना दिनेछौ ।’ बिज्ञप्तीमा भनिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २९ शनिबार
Comments