काठमाडौँ । म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मारोउने फेलानीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
चीनको चाईनिज सुपर लिग क्लब शानदोङ लुनेङ्गबाट खेलिरहेका फेलानीलाई कोरोनाको संक्रमण भेटिएको हो ।
बेल्जियमका पूर्व मिडफिल्डर फेलानीको चेक जाँचको क्रममा कोरोना भाईरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ ।
एभर्टनका पूर्व खेलाडी समेत रहेका फेलानी शुक्रबार मात्र जिनान आईपुगेका थिए ।
३२ वर्षे फेलानी कोरोनाबाट संक्रमित हुने पहिलो चाईनिज सुपर लिगका खेलाडी हुन् । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ९ आइतबार
Comments