काठमाडौं ।चीनमा सन् २०२१ मा हुने फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको छनोट खेल स्थगित भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नयाँ ढाँचाको फिफा क्लब विश्वकप स्थगित गरिएको फिफाले जनाएको छ । पहिलो पटक २४ टिम सहभागी हुने भनिएको फिफा क्लब विश्वकप छनोट खेल जुन १७ देखि जुलाई ४ सम्म तय भएको थियो ।
तर अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको कारण विश्वकप स्थगित भएको हो । फिफाले क्लब विश्वकपको नयाँ मिति कोरोनाको प्रकोपको परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०६ बिहीबार
Comments