काठमाडौँ । ईटालियन क्लब फिओरेन्टिनाका फरवार्ड प्याट्रिक कट्रोनलाई कोरोना भाईरसको संक्रमण देखिएको पुष्टि भएको छ ।
प्रिमियर लिग क्लब उल्भ्सका लोनका खेलाडी कट्रोनलाई परिक्षणको क्रममा पोजेटिभ देखिएको हो ।
योसंगै फिओरेन्टिनाका दुई खेलाडी कोरोनाबाट संक्रमित रहेको पुष्टि भएको छ ।
२२ बर्षका ईटालियन खेलाडी गत जनवरीमा १८ महिनाको लोनमा फर्किएका थिए ।
शनिबार फिओरेन्टिनाले कट्रोनलाई कोरोना भएको पुष्टि गरेको छ ।
सर्बियन फरवार्ड दुसान वल्कोविचलाई समेत परिक्षण गर्दा शुक्रबार पोजेटिभ देखिएको थियो ।
क्लबले बक्तव्य जारी गर्दै भनेको छ, प्याट्रिक र जर्मन पेजेला र फिजियोथेरापिस्ट स्टेफानो ड्यानिलीको परिक्षण गरिएको छ । उनीहरुलाई केही लक्षण देखिएको थियो । सबै तीनमा पोजेटिभ लक्षण देखिएको छ । उनीहरु फ्लोरेन्सको आफ्नो घरमा राम्रोसंग बसिरहेका छन् ।
कोरोनाबाट ईटाली धेरै प्रभावित देखिएको छ । ईटालीको खेल कार्यक्रम अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ । ईटालीमा सार्वजनीक कार्यक्रम गर्न समेत बन्द गरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २ आइतबार
Comments