काठमाडौँ । वेल्सका मिडफिल्डर आरोन राम्सीले अष्ट्रिया र अमेरिकासँगको दुई मैत्रीपूर्ण खेल गुमाउँन सक्ने भएका छन् ।
कोरोना भाईरसको कारण इटालीले आवतजावतमा रोक लागे पछि राम्सीले मैत्रीपूर्ण खेल गुमाउँन सक्ने भएका हुन् ।
इटालीमा कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि सरकारले देश आउन र विदेश जानमा रोक लगाएको छ । जसको कारण युभेन्ट्सका मिडफिल्डर इटालीमै रोकिने देखिएको छ ।
वेल्सले मार्च २७ मा अष्ट्रिया र त्यसको तीन दिनपछि अमेरिकासँग मैत्रीपूर्ण खेल्दैछ । तर, वेल्सका महत्वपूर्ण खेलाडी राम्सी भने उपस्थित हुने सम्भावना न्यून भएको छ ।
इटालीमा कोरोना रोक्न सरकारले सबै खेल गतिविधि समेत बन्द गरेको छ । आगामी अप्रिल ३ सम्म इटालीमा खेलकुद गतिविधि हुने छैन । एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन २७ मंगलबार
Comments