काठमाडौं । नाइजेरियाका एक खेलाडीको फुटबल खेल्दा खेल्दै मृत्यु भएको छ । नाइजेरियाका फुटबलर २२ वर्षे खेलाडी चिनिमी मार्टिन्सको आइतबार फुटबल खेल्दा खेल्दै मृत्यु भएको हो ।
नासारावा युनाइटेडका मार्टिन्स काट्सीना युनाइटेडविरुद्धको खेलको दोस्रो हाफमा मैदानमा लडेका थिए । मैदानमा अचेत बनेका उनलाई अस्पताल लगिएपनि डाक्टरले बचाउन सकेनन् ।
खेल्दा खेल्दै खेलाडीको मृत्यु भएपछि नाइजेरिया फुटबल फेडेरेसनले खेलमा औषधीको सुविधा अनिवार्य गर्न र खेलाडीको स्वास्थ्य जाचँ गर्न निर्देशन दिएको छ ।
प्रकाशित मितिः २०७६ फागुन २७ मंगलबार
Comments