सुनसरी । सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस विजयी भएको छ । महेन्द्र चोकमा भएको खेलमा पुलिसले सोलुखुम्बुलाई सोझो सेटम पराजित गर्यो । ।
सोलुका खेलाडी माथि सुरुवात देखिनै हावी भएको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित दर्ता गरेको छ । पुलिसले २५–१९, २५–१५ र २५–१४ को सोझो सेटमा सोलुमाथि जित निकाल्यो ।
प्रतियोगिताका म्यान अफ द म्याच विजयी टिमका झनक सिंह घोषित भए । त्यसअघिको खेलमा झापा अनुपस्थित भएपछि आयोजक बाई पाएर सोझै अर्को चरणमा प्रवेश गरेको छ ।प्रतियोगितामा तीन विभागीय सहित ८ टिमको सहभागिता रहेको छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments