काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई हराएको छ । शनिबार राति लेस्टरको घरेलु मैदानमा भएको खेलमा सिटीले लेस्टरलाई १–० ले हराएको हो ।
सिटीका लागि ग्याब्रियल जिससले निर्णायक गोल गरे । खेलको ८० औ मिनेटमा जिससले गोल गर्दै सिटीलाई तीन अंक दिलाएका थिए ।
जितसँगै सिटीले तेस्रो स्थानको लेस्टरसँग ७ अंकको अग्रता कायम गरेको छ ।सिटी ५८ अंक सहित तालिकाको दोस्रो स्थानमा यथावत छ । लेस्टर ५० अंक सहित तेस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७६ फागुन ११ आइतबार
Comments