काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । टेलर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को तीनवटै फरम्याटमा शतक खेल खेल्ने पहिलो खेलाडी बने । टेलरले टेस्ट, एकदिवसीय र टी–२० मा सय खेल खेल्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका हुन् ।
घरेलु मैदानमा शुक्रबारदेखि सुरु भएको भारतविरुद्ध पहिलो टेस्ट खेलेसँगै टेलरको नाममा नयाँ कीर्तिमान बनेको छ । भारतविरुद्ध टेलरको सयौं टेस्ट खेल हो । सन् २००६ मा एकदिवसयी र टी–२० मा डेब्यु गरेका टेलरले त्यसको एक बर्षपछि टेस्ट खेलेका थिए ।
यस्तै टेस्टको पहिलो खेलमा पाहुना टोली भारतले खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा पाँच विकेट गुमाएर एक सय २२ रन बनाएको छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन ०९ शुक्रबार
Comments