भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०७६ फागुन ८–१२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारीमा सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा रोलरबाट माटो सम्याउने कार्य भइरहेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत जनप्रतिनिधिहरुले सोमबार खेलकुद प्रतियोगिताको तयारीबारे जानकारी लिन उक्त खेलमैदानको स्थलगत निरीक्षण गर्नुभयो ।
प्रकाशित मितिः २०७६ फागुन ६ मंगलबार
Comments