काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले चौथो विकेट गुमाएको छ। कप्तान ज्ञानेन्द्र मल्ल ३६ रन बनाएर आउट भएका छन्। ७६ बल खेलेका मल्लले एक छक्का र छ चौकाको मद्दतमा ५६ रन जोडेका हुन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर ब्याटिङ गरेको हो। २९ ओभरको खेल चलिरहँदा नेपाल ४ विकेट क्षतिमा १ सय २८ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा दिपेन्द्रसिंह कुशल मल्ल आएका छन्।
यसअघि नेपाल ओमानसँगको पहिलो खेलमा भने १८ रनले पराजित भएको थियो। त्यसैले नेपाललाई आज ओमानसँग बदला लिने अवसर पनि छ।
प्रकाशित मितिः २०७६ माघ २६ आइतबार
Comments