काठमाडौँ । प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फ कालिका युवा क्लब र पुरुषतर्फ पिएफए अत्तरियाले उपाधि जितेका छन् ।
धनगढीको जुगेडामा सोमबार महिलातर्फको उपाधि जित्ने क्रममा कालिकाले सुर्मादेवी एकेडेमीलाई २-१ ले हरायो । कालिकाकी कमला कठायत र सुरक्षा सिंहले एक एक गोल गरिन् । सुर्मादेवीकी विना वोहोराले एक गोल गरिन् ।
उपाधिसँगै कालिकाले नगद २० हजार प्राप्त गर्यो । उपविजेता बनेको सुर्मादेवीले १० हजार पाएको छ ।
पुरुषतर्फको पिएफए अत्तरियाले सुदुरपश्चिम-११ स्पोर्टस क्लबलाई २-० ले हराएर उपाधि आफ्नो बनायो । अत्तरियाको लागि जीवन चौधरी र विजय सिंहले एक एक गोल गरे ।
उपाधिसँगै पिएफएले नगद ७५ हजार प्राप्त गर्दा सुदुरपश्चिम-११ ले ४१ हजार प्राप्त गरेको छ ।
प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार
Comments