काठमाडौं ।जावलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा जावलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।
जावलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने । उनले खेलको पहिलो हाफको ३२औं मिनेटमा गरेको एक गोल नै जावलाखेलका लागि निर्णायक गोल साबित भयो ।
यस खेलसँगै १० खेल पूरा गरेको जावलाखेलले १५ अंक बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने आठ अंक छ ।
प्रकाशित मितिः २०७६ माघ २० सोमबार
Comments