काठमाडौं । अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली भारतको बैंगलुरु प्रस्थान गरेको छ ।
उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ, विकास तामाङ, ङिमा नाम्गेल तामाङ, रोशन भुजेल, पतिव भण्डारी, आशा तामाङ, प्रमिला तामाङ, दीक्षा श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै श्याम तामाङ, सजना माझी, विशाल केसी, सोनाम तामाङ, तारा तामाङ, पविना सुवेदी, रोशन खाती, सन्जिव तामाङ, विश्वास हायु, अर्यान भण्डारी र दिनेश भण्डारीले पनि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता माघ ४ र ५ गते हुनेछ । टोलीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, सचिव सरोजकुमार मुल्मीलगायतले आइतबार बिदाइ गरेका थिए ।
प्रकाशित मितिः २०७६ पौष २७ आइतबार
Comments