काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार पनि दुईवटा खेल हुुँदैछन् । तेस्रो चरण अन्तर्गत बिहीबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो १२ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
बिग्रेड पहिलो खेलमा मच्छिन्द्र क्लबसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा फ्रेण्डसमाथि २–० को जित दर्ता गर्दै तीन अंक जोडेको थियो । मनाङ गएको सिजनको लिग विजेता हो ।
मनाङले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा त्रिभूवन आर्मी क्लबलाई १–० ले पराजत गरेको थियो । बिहीबार हुने अर्को खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेपछि दशरथ रंगशालामा हुनेछ ।
पहिलो खेलमा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीमाथि १–० को जित दर्ता गरेको थियो ।
जावलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा सरस्वती युवा क्लबमाथि १–० को जित निकालेको थियो ।
प्रकाशित मितिः २०७६ पौष १० बिहीबार
Comments