काठमाडौं । बहराईनको राष्ट्रिय महिला टिमसँग भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले बराबरी खेलेको छ ।
बिहिबार राति भएको खेलमा नेपालले घरेलु टिमसँग १–१ गोलको बराबरी खेलेको हो । नेपालको लागि सविता राना मगरले एक गोल गरिन् ।
यसअघि खेलेको दुई मैत्रीपूर्ण खेलमा नेपालले दुवै खेलमा जित निकालेको थियो । यस सँगै तीन मैत्रीपूर्ण खेलका लागि बहराईन पुगेको नेपाली टोलीले २ जित र १ बराबरी खेलेको छ ।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा बहराईनको यू–१९ टिमलाई ४–२ ले र दोस्रो मैत्रीपूर्णमा बहराईनलाई ३–० ले पराजित गरेको थियो ।
प्रकाशित मितिः शुक्रबार
Comments