पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ ।पोखरा रंगशालामा आज भएको खेलमा चितवनले साविक विजेता तथा घरेलु टोली पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
घरेलु टिम पोखराले दिएको १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।चितवनको जितमा बाबर हायातले अविजित ६६ रन बनाए । यस्तै सन्नी पटेलले २२ र रोहन मुस्ताफाले ११ रन बनाए ।पोखराका राशिद खान र सर्वोजित लड्डाले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।
पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए । यस्तै कुशल मल्लले १३ रन तथा आसिफ शेख, राशिद खान र रबि इन्दर सिंहले समान १०र१० रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
चितवनका लागि सन्नी पटेल, भुवन कार्की र रोहन मुस्तफाले २र२ तथा कप्तान पारस खड्का, करण केसी र बिक्रम शोबले समान १र१ विकेट लिए ।
जितसँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ । पोखराको भने यो पहिलो हार हो । दुई खेल खेलेको पोखराले २ अंक जोडेको छ ।पोखराले गत संस्करणको पीपीएलमा चितवनलाई पराजित गर्दै उपाधि उचालेको थियो ।
प्रकाशित मितिः २०७६ पौष ०१ मंगलबार
Comments