काठमाडौं । स्ट्रार खेलाडी फिलिपे कौटिन्होले ह्याट्रिक गर्दा वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले वेर्डर ब्रेमेनलाई ६–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन फिलिपे कौटिन्होले ह्याट्रिक गरे । यस्तै रोबर्टो लेवान्डोस्कीले दुई गोल गर्दा थोमस मुलरले एक गोल गरे । उता ब्रेमेनका मिलोट राशिकाले एक गोल गरे ।
जितसँगै वायर्नले १५ खेलबाट २७ अंक जोड्दै वायर्न लिगको चौंथो स्थानमा छ । पराजित ब्रेमेन १४ अंक जोडेर लिगको १५ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २९ आइतबार
Comments