काठमाडौं । दोस्रो संकरणको पोखरा प्रिमियर लिग (पीपीए)को विजेता टोलीले २७ लाख रुपैया पाउने भएको छ । बिहीबार आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सार्वजनिक गरेको पुरस्कार राशि अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले १० लाख रुपैया पाउने भएको छ ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार दिइनेछ ।
Comments