काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त महिला फुटबलको फाइनलमा भारतले आयोजक नेपालविरुद्ध अग्रता दोब्बर बनाएको छ ।
१७ औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेकी एनजी बालादेबीले दोस्रो गोलगरेपछि नेपाल २-० ले पछाडि परेको हो । उनले ५५ औं मिनेटमा गोल गरेकी हुन् । यसअघि १७ औं मिनेटमा किपरलाई विट गर्दै बालादेबीले गोल गरेकी थिइन् । योसँगै आयोजक नेपाल दबाबमा परेको छ ।
प्रकाशित मितिः२०७६ मङ्सिर २३ सोमबार
Comments