काठमाडौं। सिरि ए लिगमा युभेन्ट्सको अपराजित यात्रा टुंगिएको छ । शनिबार राति भएको खेलमा लाजियोले युभेन्ट्सलाई ३–१ ले हराउँदै अपराजित यात्रा टुंगिएको हो ।
लाजियोका लागि लुइज फिलिपे, सेरगेज मिलिन्कोविच साभिक र फिलिपे काइसेडोले एक एक गोल गरे । यस्तै युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।
खेलको २५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा लाजियोक फिलिपेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ७४ औं मिनेटमा मिलिन्कोविचले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयमा काइसेडोले गोल गर्दै लाजियोलाई ३–१ को जित दिलाए ।
६९ औं मिनेटमा जु कुड्राडो रातो कार्ड खादै मैदान बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमिति बनेको थियो ।हारसँगै युभेन्टसले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । युभेन्टसको १५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको इन्टर मिलानको ३८ अंक छ । लाजियो ३३ अंकसहित तेस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार
Comments