काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।
गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुई स्वर्ण जितेको हो । पुरुषमा नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन् ।
यस्तै पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत जिते । महिलातर्फ नेपालकी जमुना थापाले रजत जितिन् ।
प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार
Comments