काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ । बिहिबार राति भएको खेलमा मिलानले एसपीएललाई १-० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा मिलानलाई जित दिलाउन सुसोले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा सुसोले निर्णायक गोल गरे । जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेको छ । र, यस सिजन उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको मिलान लिगको दशौँ स्थानमा उक्लिएको छ । एसपीएल १० खेलमा ७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक १५ शुक्रबार
Comments