काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो । भुटानको थिम्पुमा हुने खेल स्थानिय समय अनुसार दिउँसो ३ बजे सरु हुनेछ ।
प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार
Comments